Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेकै अवस्थामा फरार व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई पक्राउ गरेको हो।

    जिल्ला अदालत तेह्रथुमको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तानका क्रममा सुनसरीस्थित झुम्का कारागारमा रहेका थिए । उनी २०८२ साल भदौ २३ र २४ गते कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए।

    images

    फरार प्रतिवादी आफ्नै घरमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा साउन २० गते प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा आज करिब २ बजे उनलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार