Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सिरहा र सुनसरी झडपमा ज्यान गुमाएकाहरूको सम्झनामा हिन्दु–मुस्लिमको संयुक्त श्रद्धाञ्जली सभा

सिरहा र सुनसरी झडपमा ज्यान गुमाएकाहरूको सम्झनामा हिन्दु–मुस्लिमको संयुक्त श्रद्धाञ्जली सभा

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ। हालै सिरहा र सुनसरीमा भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।साम्प्रदायिक तनाव अन्त्य गर्दै सामाजिक सद्भाव पुनर्स्थापित गर्ने उद्देश्यले उद्योग व्यापार संघ गोलबजारले बिहीबार हिन्दु–मुस्लिम समुदायको सहभागितामा संयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो।

    घटनापछि हिन्दु र मुस्लिम समुदायबिच उत्पन्न अविश्वास अन्त्य गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने सन्देशसहित संयुक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा सुनसरीका तीन जना र सिरहाका एक जना मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुवै समुदायका प्रतिनिधिले शान्ति, सहिष्णुता, आपसी विश्वास र सामाजिक एकतालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

    images

    साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। साउन १० को घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा साउन १४ मा अर्का किशोर गणेश यादवले ज्यान गुमाएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार