Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सब-इन्जिनियरहरूको आन्दोलन चर्किएपछि सिँचाइमन्त्री श्रेष्ठले बोलाए छलफलमा

सब-इन्जिनियरहरूको आन्दोलन चर्किएपछि सिँचाइमन्त्री श्रेष्ठले बोलाए छलफलमा

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब-इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।

    आन्दोलनरत सब-इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ भने १६७ जना सब-इन्जिनियरलाई फाजिलमा राखिएको छ।

    images

    आफूहरू नायब सुब्बा (ना.सु.) सरहका स्थायी कर्मचारी भए पनि सरकारले अन्यायपूर्ण रूपमा फाजिलमा राखेको उनीहरूले गुनासो गरेका छन्।यसै विषयलाई लिएर उनीहरू विगत चार दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्।

    आन्दोलनकै क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आन्दोलनरत कर्मचारीका केही प्रतिनिधिलाई छलफलका लागि बोलाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार