काठमाडौँ । नेपाल-फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले ‘फ्याक्टस् अफ नेपाल २०२६’ को ११औँ संस्करण सार्वजनिक गरेको छ । यो प्रकाशन नेपालका राष्ट्रिय आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूबारे तथ्याधारित जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको हो।
२०२६ संस्करणले प्रकाशनको दीर्घ अनुसन्धान परम्परालाई निरन्तरता दिँदै रङ्गिन अर्थतन्त्रको ढाँचामा १० वटा खण्ड मार्फत महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छ। यस संस्करणमा राष्ट्रिय तथा प्रादेशिक प्रोफाइल, Green Economy, White/Formal Economy, Purple Economy, Gold Economy, Red Economy, Orange Economy, Grey Economy, Political Economy तथा फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स सम्बन्धी विशेष खण्ड समावेश छन्।
प्रत्येक खण्डले नेपालको प्रमुख क्षेत्रहरू र विकास प्राथमिकताबारे सन्दर्भगत तथा विश्लेषणात्मक जानकारी प्रदान गर्छ। यी खण्डहरूले कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक कल्याण, वित्त, बैङ्किङ, व्यापार, उद्योग, पूर्वाधार लगायतका प्रमुख क्षेत्रहरूलाई समेट्छन्।
यी विषयगत खण्डहरूले नेपालका आर्थिक र सामाजिक प्रणालीहरूको अझ संरचित र तथ्याधारित बुझाइ प्रदान गर्ने उद्देश्य राख्छन्। अर्थतन्त्रका रङहरू भन्ने अवधारणा विभिन्न क्षेत्र, प्रणाली र विकासका चरणहरूलाई वर्गीकृत गर्ने रूपकात्मक ढाँचा हो।फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स प्रालि सन् २०१२ मा स्थापना भएको निजी अनुसन्धान संस्था हो।



