Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले हाल बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले  एक अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।

    विगतमा तेस्रो मुलुकमा देखिएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र उपलब्ध गराइएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएसँगै आयात नियमित भएको र पुनः १४.२ केजीकै पूरा सिलिण्डर बजारमा पठाइएको संघले जानकारी दिएको छ ।

    images

    संघका अनुसार विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो । यही अभावका कारण बजारमा ग्यास पाइँदैन कि भन्ने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा बजारमा चाप बढेको र अभाव देखिएको संघको विश्लेषण छ ।

    जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, उनीहरूलाई तत्काल ग्यासको लाइनमा नबसिदिन संघले अनुरोध गरेको छ ।

    विक्रेताहरूलाई उपलब्ध ग्यास आवश्यकता भएकालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न र उद्योगीहरूलाई व्यवस्थित रूपमा बजारमा ग्यास पठाउन निर्देशन दिइएको छ । बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयात गर्नुपर्ने संघको माग छ ।

     

    IMG-20260804-WA0005

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार