Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भद्रकालीमा रुख ढलेर स्कुटरमा सवार आमा–छोरा घाइते

भद्रकालीमा रुख ढलेर स्कुटरमा सवार आमा–छोरा घाइते

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। काठमाडौँको भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमाछोरा घाइते भएका छन्। भद्रकाली मन्दिरबाट सेनाको पेट्रोल पम्पतर्फ रुख ढल्दा दुई जना घाइते भएका हुन्।

    बागमती प्रदेश–३५९० नम्बरको स्कुटरमा सवार रौतहट घर भएर सानेपा बस्ने ४७ वर्षीय राजेश प्रसाद यादव र ६९ वर्षीया गायत्रीदेवी यादव घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए।

    images

    उनीहरू आमा–छोरा हुन् । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। राजेश यादवको टाउको र ढाडमा चोट लागेको छ । गायत्रीदेवीको घुँडा र दाहिने हातमा चाट लागेको र अवस्था सामान्य रहेको एसपी थापाले जानकारी दिए।सेना र प्रहरीका सुरक्षाकर्मीले रुख हटाएर बाटो सुचारु गराएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार