Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍यायो : सांसद अधिकारी

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍यायो : सांसद अधिकारी

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारको कार्यशैली, सीमा सुरक्षा र संविधान संशोधनका विषयमा प्रश्न उठाएका छन् । राष्ट्रियसभाको बैठकमा संसद्को विशेष समयमा सांसद अधिकारीले सुस्ता, कालापानी र लिपुलेक जस्ता संवेदनशील सीमा विवाद समाधान गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको भन्दै आलोचना गरे।

    उनले प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोस्टममा उभिएर नेपालले पनि भारतका कयौँ स्थानमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्तिले आम नेपालीको चित्त दुखाएको र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रहार गरेको बताए।

    images

    सांसद अधिकारीले सुनसरीको देवानगन्जबाट सुरु भएको डिजे बाजाको विवाद सिराहासम्म पुग्दा तीन जनाको मृत्यु र ठुलो संख्यामा नागरिक घाइते भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने– ‘घटना घट्नुपूर्व नै सरकारले सावधानी अपनाएको भए यति ठुलो जनधनको क्षति हुने थिएन। प्रशासनिक बल प्रयोग गरेर समस्या दबाउन खोज्दा थप उत्तेजना र क्षति हुन पुग्यो।’ उनले यस घटनाको उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

    सुस्ताबासीहरू पुस्तौँदेखि आफ्नै भूमिमा भूमिहीन र नागरिकताविहीन भएर बाँच्नुपरेको दुःखद यथार्थ सुनाउँदै अधिकारीले सरकारले सीमाबासीको सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए । ईपीजी प्रतिवेदन भारतले बुझ्न नमानेको र सीमा समस्या जस्ताको तस्तै रहेको अवस्थामा सरकारले खुट्टा नकमाई कूटनीतिक पहल गर्नुपर्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार