Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बसले ठक्कर दिएपछि सुनकोशीमा खसेको थियो कार, खोज्न गोताखोर परिचालन

बसले ठक्कर दिएपछि सुनकोशीमा खसेको थियो कार, खोज्न गोताखोर परिचालन

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार कार सुनकोशी नदीमा खसेको छ।

    कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    images

    खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदिमा खसेको बताइएको छ।

    बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको थापाले बताए।

    उक्त कारमा सवार सोही गाउँपालिका–५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर   गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार