Nov 04 2026 | २०८३ कार्तिक १९ गते

राष्ट्रियसभामा उठ्यो सुस्ताको सीमा विवाद, सांसद चौधरीद्वारा कूटनीतिक पहल गर्न माग

राष्ट्रियसभामा उठ्यो सुस्ताको सीमा विवाद, सांसद चौधरीद्वारा कूटनीतिक पहल गर्न माग

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्।

    सोमबारको बैठकमा शून्य समयमा सांसद चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको जानकारी गराइन्।

    images

    ‘सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो,’ उनले भनिन्, ‘यस्तो अवस्थामा भावनात्मक प्रतिक्रियाभन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सरकारसँग माग गर्दछु।’

    सांसद चौधरीले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा र उनीहरूको दैनिक जनजीवनलाई सहज बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन्। उनले सुस्ता लगायतका सीमासम्बन्धी विवादहरूलाई छिमेकी राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत नेपालको सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकूल नहुने गरी दीर्घकालीन समाधान निकाल्न अनुरोध गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार