Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।

    स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन । दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ ।

    images

    घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार