Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो र लेदो, यातायात एकतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो र लेदो, यातायात एकतर्फी सञ्चालन

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ ।  निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्डको तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो खसेका कारण यातायात प्रभावित भएको छ।

    images

    तुईन खोला र नाम्सि खोलाको नयाँ पुल नजिकै माथिबाट ढुङ्गा खसेको छ भने सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आएपछि सडक एकतर्फी बनेको छ।

    अवरुद्ध सडकलाई पूर्ण रूपमा सुचारु गराउन सडक डिभिजनको भारी उपकरण (हेभी इक्विपमेन्ट) हरू परिचालन गरी पहिरो तथा लेदो पन्छाउने काम निरन्तर भइरहेको छ। थप पहिरो नझरेमा केही समयभित्रै सडक दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको डिभिजनले जनाएको छ।

    यसैबीच, सो क्षेत्रमा पानी परिरहेको र थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सो सडक भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सडकको अद्यावधिक अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार