Nov 04 2026 | २०८३ कार्तिक १९ गते

देशको अस्तित्व जोगाउन चुनौती छ : माधव नेपाल

देशको अस्तित्व जोगाउन चुनौती छ : माधव नेपाल

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्वको रक्षा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको बताएका छन्।२९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको स्वाभिमान बचाउने कुरा अहिले प्रमुख रूपमा मुखरर भएको बताएका हुन्।

    ‘विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती हाम्रो सामुमा छ’ नेता नेपालले भने-‘हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन । कसैको विरोधमा पनि जान चाहँदैन सबैसँग मैत्रीभाव राख्दछ।’

    images

    नेता नेपालले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई जोगाउनुपर्ने जिम्मेवारी रहेको बताए।त्यसक्रममा उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्रका लागि तुलसीलालले खेलेको योगदानको चर्चा समेत गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार