Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

सरकारले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गर्यो, कुन कुन हुन् ? (सूची सहित)

सरकारले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गर्यो, कुन कुन हुन् ? (सूची सहित)

बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ । विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन, २०६४’ विपरीत काम गर्दै आएका मेनपावर कम्पनीलाई कारबाही गरेको हो ।

    ‘वैदेशिक रोजगार ऐन, २०६४’ अनुसार स्वीकृति नलिइ कामदार पठाएको, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएको, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएको, लिखत वा प्रतिवेदन लुकाएको तथा हेरफेर गर्ने कम्पनीहरूमाथि कारबाही गरेको विभागले जनाएको छ ।

    images

    यस्तै, अनुमतिबिना शाखा कार्यालय खोलेको, विज्ञापन प्रकाशन नगरेको, छनौट सूची प्रकाशन नगरेको, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका कम्पनीहरू समेत कारबाहीमा परेका छन् । व्यक्तिगत रूपमा कामदार पठाएको, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएको, आदेश वा निर्देशन पालना नगरेको, करार विपरीत कार्य गरेका कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही भएको विभागले जनाएको छ ।

    यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न पाउने छैनन् । विभागमा हाल एक हजार ६०४ मेनपावर कम्पनी दर्ता भएका छन् । तीमध्ये ९८२ कम्पनीमात्रै सक्रिय रहेको विभागले जनाएको छ । 

    कारबाहीका क्रममा खारेज गरिएका कतिपय मेनपावर कम्पनीको नाममा समेत पैसा उठाउने, वैदेशिक रोजगारी पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएपछि विभागले सूची नै सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार