Nov 04 2026 | २०८३ कार्तिक १९ गते

आफ्नै सरकार ढाल्न एमाले सक्रिय, हिक्मत कार्कीको मुख्यमन्त्री पद ‘धराप’मा

आफ्नै सरकार ढाल्न एमाले सक्रिय, हिक्मत कार्कीको मुख्यमन्त्री पद ‘धराप’मा

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीन बुँदे सहमतिमा कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने उल्लेख छ ।

    हाल कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेकै हिक्मत कार्की छन्  । तर, उनलाई हटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नै लागिपरको छन् ।

    images

    अध्यक्ष ओलीले एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईमार्फत मुख्यमन्त्री कार्कीको राजीनामा मागेका छन् । कोशी प्रदेशका इन्चार्ज राईले अध्यक्ष ओलीको निर्देशन भन्दै कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

    प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि इन्चार्ज राईले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

    यता राजीनामा दिइहाल्ने मनस्थितिमा नरहेका मुख्यमन्त्री कार्कीले पार्टी केन्द्रीय सचिवालयको निर्णय आए मात्र राजीनामा दिने बताउँदै आएका छन् । 
    कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर उनको स्थानमा तिलकुमार मेन्याङ्वोलाई लैजाने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार