Nov 04 2026 | २०८३ कार्तिक १९ गते

दोहोरो मापदण्डले सुशासन सम्भव छैन : शंकर पोखरेल

दोहोरो मापदण्डले सुशासन सम्भव छैन : शंकर पोखरेल

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि शासकले दोहोरो मापदण्ड लागू गरेर सुशासन कायम हुन नसक्ने बताएका छन्।

    शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सरकार पूर्वाग्रही देखिएको भन्दै सुशासनका सवालमा दोहोरो मापदण्ड प्रयोग गरिरहेको बताए।

    images

    ‘सुशासनका सन्दर्भमा जब शासकले दोहोरो मापदण्ड प्रयोग गर्न थाल्छ, त्यो मुलुकमा सुशासन सम्भव हुँदैन’, पोखरेलले भने।सुशासनका लागि तेरोमेरो भन्न छाड्नुपर्ने भन्दै नेता पोखरेलले सबैका लागि समान मापदण्ड लागू गर्नुपर्ने बताए।

    उनले जनतालाई भय र त्रासमा राखेर शासन गर्न खोजिएको भन्दै अधिनायकवादी र निरङ्कुश शैलीमा सरकार चलिरहेको बताए।

    ‘ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रका स्तम्भमाथि प्रहार गर्ने,राजनीतिक दलहरूसँग संवाद नै नगर्ने, संसद्‌बाट बनेको प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नबन्ने ?’, महासचिव पोखरेलले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार