Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सन् २०२५ को आरोहण सिजनमा १५ आरोहीको निधन, ४ जना अझै बेपत्ता

सन् २०२५ को आरोहण सिजनमा १५ आरोहीको निधन, ४ जना अझै बेपत्ता

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । सन् २०२५ को हिमाल आरोहण सिजनमा १५ जना आरोहीहरूको मृत्यु भएको छ। पर्यटन विभागले आज सार्वजनिक गरेको ‘माउन्टेनियरिङ इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स २०२६’ प्रतिवेदन अनुसार वर्षभरिमा विभिन्न हिमाल आरोहणका क्रममा १५ जना आरोहीको ज्यान गएको छ भने ४ जना आरोही बेपत्ता भएका छन्।

    ज्यान गुमाउनेहरूमा अस्ट्रिया, रुस, फ्रान्स, रोमानिया, भारत, इटाली, फिलिपिन्स र नेपालका अनुभवी शेर्पा आरोहीहरू रहेका छन्।अधिकांश दुर्घटनाहरू खराब मौसम, हिमाली प्रतिकूलता र उचाइका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएका हुन।

    images

    यस्तै,अन्नपूर्ण प्रथम र डोल्मा खाङमा बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धार प्रयास जारी राखिएको भए पनि सफलता मिल्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार