Nov 04 2026 | २०८३ कार्तिक १९ गते

संवाद र समझदारीबाट समस्या समाधान गर्न नाडाको अपिल

संवाद र समझदारीबाट समस्या समाधान गर्न नाडाको अपिल

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा देखिएको अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाक्रमप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै सिर्जित असहज परिस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन्।

    विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको नाडाले उल्लेख गरेको छ। संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक दिए पनि हिंसात्मक गतिविधि, तोडफोड वा सामाजिक सद्भाव बिथोल्ने कार्य स्वीकार्य हुन नसक्ने जनाइएको छ।

    images

    यस्ता घटनाले शान्ति सुरक्षामा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने नाडाले स्पष्ट पारेको छ। नाडाले सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाई कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ।

    यसैगरी नाडाले नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउन अनुरोध गरेको छ। नाडाले सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहिष्णुतालाई सुदृढ बनाउन आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिलसमेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार