Nov 04 2026 | २०८३ कार्तिक १९ गते

राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति समवेदना प्रकट

राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति समवेदना प्रकट

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

    राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    images
    WhatsApp Image 2026-07-31 at 12.32.45
     
    शोकको यस घडीमा उनले  शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले  विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनर्स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्‍याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने बताएका छन्।
     
    राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भीक र सत्यको पक्षपाती निष्ठावान् लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार