Nov 04 2026 | २०८३ कार्तिक १९ गते

साउदी अरबको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धन प्रस्तावलाई १४ देशको समर्थन

साउदी अरबको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धन प्रस्तावलाई १४ देशको समर्थन

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। साउदी अरबले अन्तर्राष्ट्रिय जलमार्ग र विश्व व्यापारको सुरक्षा गर्ने उद्देश्यले प्रस्ताव गरेको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धनलाई १४ देशले समर्थन गरेका छन् । साउदी अरबको रक्षा मन्त्रालयका अनुसार गठबन्धनलाई समर्थन गर्ने देशहरूमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बङ्गलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्।

    रक्षा मन्त्रालयका अनुसार उक्त प्रस्तावबारे छलफल गर्न आयोजित बैठकमा ४३ देशका सैनिक प्रमुख तथा प्रतिनिधिहरू प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागी भएका थिए । युरोपेली सङ्घ (ईयू)को प्रतिनिधिमण्डलले पनि बैठकमा सहभागिता जनाएको थियो।

    images

    बैठकमा व्यापारिक जहाज, ऊर्जा बोक्ने जहाज र समुद्री पूर्वाधारमाथि भएका आक्रमण, तिनले समुद्री यातायात, विश्व आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभाव बारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

    बैठकमा साउदी अरब गठबन्धनको संस्थापक तथा नेतृत्वकर्ता देश हुने र यसको मुख्य मुख्यालय पनि साउदी अरबमै रहने सहमति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रस्तावित गठबन्धन साझा उद्देश्य र सिद्धान्तमा सहमत हुने सबै देशका लागि खुला अन्तर्राष्ट्रिय रक्षात्मक पहल हुनेछ। यसको मुख्य उद्देश्य समुद्री सुरक्षा सुदृढ बनाउने, नौवहनको स्वतन्त्रता सुनिश्चित गर्ने तथा विश्व व्यापारको सुरक्षा गर्ने रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार