Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

इजरायलमा रोजगारीको आवेदन प्रक्रियामै आशंका

इजरायलमा रोजगारीको आवेदन प्रक्रियामै आशंका

बुधवार, आषाढ २६ २०८१
  • काठमाडौं । सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आवेदन आव्हान गरेपनि यसमा चलखेल र अनियमितताको गन्ध आएको छ ।

    मूख्यतः  वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जना कामदार छनोटका लागि आह्वान गरेको सूचनामा अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्रसम्बन्धी व्यवस्थालेनै यसमा चलखेल छ भन्ने आशंका उब्जाएको हो । विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाण पत्रका रुपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को कम्तीमा ए-२ लेभलको प्रमाण पत्र तोकिए बमोजिम अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो आशंका उब्जिएको हो । 

    images

    यसभन्दा अगाडि  कामदार इजरायल पठाउने क्रममा विभाग आफैंले नै भाषा परीक्षा लिने र नतिजा प्रकाशित गर्ने गरेकोमा यसपटक भने भाषा परीक्षा लिने जिम्मा एउटा मात्रै निजी संस्थालाई दिइनुमा बद्नियत लुकेको सहज अनुमान गर्न सकिन्छ । आवेदन दिनको निम्ति ब्रिटिस काउन्सिलबाट ‘एफईटी ए-२ लेभल’ उत्तीर्ण भएको प्रमाण पत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखेर  परीक्षा फारम नै बन्द गरिएपछि धेरै इच्छुक उम्मेदवारहरू अवसरबाट बञ्चित भएका छन् भने परीक्षा दिइ सकेकाहरूको समेत बद्नीयपूर्ण ढंगले नतीजा प्रकाशन रोकिंदा उनीहरू अन्यायमा परेका हुन् ।

    अहिलेको प्रावधानबाट विश्वभाषामा भाषा कक्षा लिएकाहरू समेत परीक्षामा समावेश हुन अयोग्य ठहरिएका छन् । ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा भने दिनै नपाइने अवस्था उत्पनन भएपछि थप शंका पैदा भएको हो । ‘एफईटी ए-२ लेभल’का लागि ब्रिटिश काउन्सीलले गत २६ जुलाइदेखि ५ अगस्टसम्म आवेदन खुलाएकोमा त्यसपछि भने परीक्षा आवेदन प्रणाली बन्द छ । यसले गर्दा इच्छुकहरूले  परीक्षा नै दिन नपाउँदा प्रमाण पत्रको अभावमा इजरायलको रोजगारीमा आवेदन नै दिन नपाउने अवस्था उत्पन्न भएको छ । 

    कम्प्युटर प्रणालीबाट लिइएको परीक्षाको नतिजा तुरुन्तै प्रकाशित गर्न सकिन्छ । तर, परीक्षार्थी धैरै भएकाले नतिजा आउने ढिला भएको दाबी गर्दै काउन्सिलले परीक्षा मरिणाम नै रोकेर राखेको छ । यस्तो अवस्था कसरी उत्पन्न भयो भन्ने प्रश्नको जवाफमा भने काउन्सिल आफू पन्छँदै सरकारको टाउकोमा दोष थोपर्ने गरेको छ । 

    इजरायलमा रोजगारीमा लैजाने व्यक्तिका लागि आवेदनमै एउटा मात्रै निजी संस्थाको प्रमाणपत्र मान्य हुने र आवेदन दिंदा नै अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था गरिनुले यसमा ‘सेटिङ’ भएको आशंका गर्न गाह्रो छैन । आवेदन अवधिभर ब्रिटिस काउन्सिलले तोकिएको लेभलको परीक्षा दिन चाहने सबैलाई अवसर दिएको भए पनि यस्तो शंसय उत्पन्न हुने थिएन । 

    अहिलेसम्म विभागको प्रणालीमा इजरायलका लागि ५ हजार जनाले रजिष्ट्रेसन गरेका छन् । त्यसमध्ये धेरैजसोले ब्रिटिस काउन्सिलको प्रमाण पत्र अपलोड गरिसकेका छैनन् । सो प्रमाणपत्र अपलोड नभई आवेदन प्रक्रिया पूरा हुँदैन । आवेदनको अन्तिम मिति ३१ असारसम्म हुँदा १० दिन अघिदेखि नै ब्रिटिस काउन्सिलले परीक्षाको आवेदन किन बन्द ग¥यो रु सर्वत्र चासोको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार