Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सडक विस्तारका क्रममा विवाद : कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

सडक विस्तारका क्रममा विवाद : कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    गत असार ३१ गते सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा विवाद भएको थियो। सोही विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।

    images

    कुटपिटबाट घाइते भएकी लिलावती देवीलाई उपचारका लागि नारायणी अस्पताल भर्ना गरिएको थियो। उपचारपछि डिस्चार्ज भएकी उनको साउन १४ गते साँझ पुनः स्वास्थ्य अवस्था बिग्रिएको थियो। त्यसपछि उनलाई फेरि सोही अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरे।

    प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार