Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सिरहामा कर्फ्यूबीच प्रदर्शन, ब्यारेकबाट निस्कियो सेना

सिरहामा कर्फ्यूबीच प्रदर्शन, ब्यारेकबाट निस्कियो सेना

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ। सिरहामा तनाव बढेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यूका बाबजुद प्रदर्शन जारी रहँदा र सुरक्षा निकायसँग झडप हुन थालेपछि सेना ब्यारेकबाट निस्किएको हो। लहान र गोलबजार क्षेत्रमा नेपाली सेना परिचालित छन्।

    प्रदर्शनकारी र सुरक्षा निकायबीच दिनभर झडप भइरहँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाईँ फायरसमेत गरेको छ।

    images

    सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर मधेशका जिल्लामा पनि सुरक्षा चुनौती थपिएको हो। धार्मिक तथा साम्प्रदायिक तनाव बढ्ने संकेत देखिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार