काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक (ईडी) पदमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छानिएका ६ जना उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिका सार्वजनिक भएको छ।
नाम सार्वजनिक हुनेमा छवि राज पोख्रेल, कौशल केसी, संजिव कुमार देव, सि.ए. नागेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव क्रमश रहेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै आगामी २०८३ साउन १७ गते आइतबारका दिन मन्त्रालयको सानो सभाहलमा प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम आयोजना गरिने जनाएको छ।
मन्त्रालयका अनुसार २०८३ असार २५ गते स्वीकृत नामावली बमोजिमका उम्मेदवारहरूलाई छनोट प्रक्रियामा सहभागी गराइनेछ। प्रत्येक उम्मेदवारका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि २० मिनेटको समय निर्धारण गरिएको छ।




