काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । केहीबेर अघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री सुरक्षा परिषद्को समेत अध्यक्ष हुने भएकाले प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने गर्छ।
परिषद् सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ।



