काठमाडौँ । दुई दिनपछि ओपीडी सेवा सञ्चालन हुँदा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा सेवाग्राहीको भीड लागेको छ।चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भएको थियो।
सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबिच बुधबार ५ बुँदे सहमति भएपछि ओपीडी सेवा सुचारु भएको हो। वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए।



