सयुक्त अरब इमिरेट्स (यूएई) को अजमान राज्यमा घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
नेपाली राजदूतावास आवुधाबी र नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईको सहकार्यमा आगामी जुलाइ १४ तारिक (आइतवार) अजमानस्थित ईन्डियन सोसिएल सेन्टरमा राहादानी नविकरण घुम्ती शिविर सञ्चालन हुन लागेको नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएई अध्यक्ष विकास शाहीले जानकारी दिए ।
यूएईको राजधानी आबुधावीदेखि करिब तीन सय पचास किलोमिटर उत्तरपूर्वमा रहेको उक्त प्रान्तमा रहेका नेपाली श्रमिकहरूलाई सहजिकरण होस भन्ने उदेश्यले राहादानी नविकरण घुम्ती शिविर सञ्चालन गर्न लागेको अध्यक्ष शाहीले बताए । उनले उक्त शिविरबाट बढीभन्दा बढी सेवाग्राही श्रमिकहरू उपस्थिती भइ सेवा लिन अनुरोध समेत गरेका छन् ।
तर, सेवाग्राही श्रमिकहरुले अनलाइन फारम जुलाइ १२ तारीख दिनको १२ वजे भित्र अनिवार्य भरि सक्नु पर्ने एनआरएनए एनसीसी यूएईले उल्लेख गरेको छ । सोही दिन अन्य प्राविधिक काम मात्र गरिने जनाएको छ । साथै सेवाग्राहीहरुले उक्त शिविरबाट आवश्यकता अनुसार कागजातका सहित राहादानी नविकरणको फारम भरी लाभ लिन सक्ने दूतावासले अपेक्षा राखेको छ । शिविर विहान ९ वजेदेखि वेलूकी ५ वजेसम्म सञ्चालन हुने छ ।
फारम भर्न आवश्यक कागजातहरु :
१. राहादानीको अघिल्लो पेज फोटो भएको र अन्तिम पेजको प्रष्ट प्रतिलिपि ।
२. भिसा कपी प्रतिलिपि प्रष्ट देखिने
३. नागरिकताको अगाडी र पछाडीको प्रष्ट देखिने प्रतिलिपि
४. भिजिट भिसामा भए अफर लेटर



