Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुनसरी घटनालाई लिएर कांग्रेसको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?

सुनसरी घटनालाई लिएर कांग्रेसको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन्।

    सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्।

    images

    ‘यत्रो ठुलो घटना हुँदा, एक जना नागरिकको ज्यान जाँदा र दर्जनौँ घाइते हुँदा पनि सरकार लाचार बनेको छ,’ थापाले भनिन्, ‘यो घटनाको जवाफ सरकारले दिनुपर्छ र यसको पूर्ण जिम्मेवारी लिनुपर्छ।’

    सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन्। ‘यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ।नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन्।

    प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार