Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मधेसको विकासका लागि शान्ति र सद्भाव कायम राख्न सांसद अमरेश कुमार सिंहको अपिल

मधेसको विकासका लागि शान्ति र सद्भाव कायम राख्न सांसद अमरेश कुमार सिंहको अपिल

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य  डा अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई १० वर्ष पछाडि धकेलेको बताए।

    उनले हिंसात्मक गतिविधिले मधेसको भौतिक संरचना भत्किने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेको उल्लेख गर्दै यसले मधेसलाई नै ठुलो धक्का लागेको बताएका छन्। 'अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेसको विकासको एजेन्डालाई अगाडि सारेर अघि बढौँ,' उनले भनेका छन्।

    images

    सांसद सिंहले अबको मधेशले हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि असामाजिक तत्त्व, जसले समाजको शान्ति र सद्भाव खलबलाउन खोज्छन्, त्यस्ता व्यक्तिको पछाडि नलाग्न मधेसवासीलाई आग्रह गरेका छन्।

    शान्ति विरोधी तत्त्व जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेसको विकासको विरोधी भएको ठहर गर्दै सिंहले त्यस्ता व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार