Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग

बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । विशेष अदालतले बीमा कम्पनीका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ।

    बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार रिमालले अदालतले मागेको २५ लाख धरौटी बुझाएर तारेख लिएर गएका छन्।

    images

    रिमालविरुद्ध दीपक भट्ट समेत जोडिएको बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार