Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अहिलेको कानुनअनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिन्न : प्रस्तावित प्रमुख आयुक्त कार्की

अहिलेको कानुनअनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिन्न : प्रस्तावित प्रमुख आयुक्त कार्की

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विद्यमान कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक सम्पन्न गर्न नसकिने बताएका छन्।

    सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै कार्कीले कानुनी जटिलताका कारण दुई तहको निर्वाचन एकैसाथ गर्न सम्भव नभएको बताएका हुन्।

    images

    ‘अहिलेको कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गर्न सकिन्न। यदि राज्यले एकै पटक गर्ने नीति लिने हो भने त्यसका लागि कानुन संशोधन अनिवार्य छ,’ कार्कीले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार