काठमाडौँ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले आठ बर्षको अवधिमा निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताए।
सन् २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज बिहान बाघ सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै बाघ गणना २०८२ पुसदेखि २०८३ वैशाख १० गतेसम्म गरिएको जनाएको छ।
शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।बर्दियामा बाघका लागि आहारा प्रशस्त भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो।
मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ। कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटामा बाह्रसिङ्गा, चित्तल, बँदेललगायत गरेर आहारा प्रजाति प्रति वर्गकिलोमिटरमा १४६.२ जनावर रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भनाइ छ।



