Nov 04 2026 | २०८३ कार्तिक १९ गते

काठमाडौँमा ज्यापु दिवस : विभिन्न क्षेत्रका गुरुहरूको सम्मान

काठमाडौँमा ज्यापु दिवस : विभिन्न क्षेत्रका गुरुहरूको सम्मान

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न भएको छ। नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त विशेष समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थिति रहेको थियो।

    कार्यक्रममा परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरुहरूको सम्मान एवं पूजा गरिएको थियो। ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ।

    images

    कार्यक्रममा विभिन्न गुठीका प्रतिनिधि, सांस्कृतिक क्षेत्रका अगुवा तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार