Nov 04 2026 | २०८३ कार्तिक १९ गते

गाँजा मिसिएको भेपसहित ठमेलबाट एक जना युवक पक्राउ

गाँजा मिसिएको भेपसहित ठमेलबाट एक जना युवक पक्राउ

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । प्रहरीले गाँजा मिसिएको भेपसहित काठमाडौँको ठमेलबाट एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–१ घर भएका ३८ वर्षीय कविर मगर छन्।

    आरोपीबाट असार २५ मा बरामद गरिएको पाँच थान भेप परीक्षण गर्दा त्यसमा गाँजामा पाइने तत्व ‘टिएचसी’ भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए।

    images

    पक्राउ परेका आरोपी गैरआवासीय नेपाली हुन्। आरोपीको साथबाट प्रहरीले अस्ट्रेलियन पासपोर्ट बरामद गरेको छ। उनीसँगबाट बरामद भेप प्रहरीले प्रयोगशालामा परीक्षण गरेको थियो। आरोपीमाथि लागुआौषध मुद्दामा अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार