Nov 04 2026 | २०८३ कार्तिक १९ गते

रास्वपाको केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?

रास्वपाको केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।केन्द्रीय कार्यालय वनस्थलीमा २ घण्टा ढिलो गरी सुरु भएको बैठकका पाँच वटा कार्यसूची रहेका छन्।

    महामन्त्री विपिन कुमार आचार्यका अनुसार सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध कार्यसूची रहेका छन्।असारको दोस्रो हप्ता चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि रास्वपाले केन्द्रीय समितिको दोस्रो बैठक बसेको हो।

    images

    आजको बैठकबाट केन्द्रीय समितिले पूर्णता नपाउने नपाउने आचार्यले जानकारी दिए । संशोधित विधान अनुसार रास्वपाको १५८ सदस्यीय केन्द्रीय समिति रहनेछ । त्यसमध्ये ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको निर्वाचन भइसकेको छ।

    बाँकी ५१ जना मनोनीत गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ । बालेन समूहले केन्द्रीय सदस्यहरूको नामावली पठाउन ढिलो गर्दा केन्द्रीय समितिले पूर्णता पाउन अझै १५/२० दिन लाग्न सक्ने नेताहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार