Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, १४ गते पार्टी कार्यालय बन्द रहने

कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, १४ गते पार्टी कार्यालय बन्द रहने

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै शोक कार्यक्रमहरूको घोषणा गरेको हो।

    उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो।

    images

    बैठकले पारित गरेको निर्णयअनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ। यस्तै, श्रावण १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने निर्णय गरिएको छ।

    पार्टीले स्वर्गीय श्रेष्ठको सम्मानमा स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ।

    त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार