Nov 04 2026 | २०८३ कार्तिक १९ गते

देवानगञ्ज घटनाको दोषीलाई कारबाहीको माग गर्दै दुहबीमा 'सद्भाव र्‍याली': सेनाको गस्ती र कर्फ्यू जारी

देवानगञ्ज घटनाको दोषीलाई कारबाहीको माग गर्दै दुहबीमा 'सद्भाव र्‍याली': सेनाको गस्ती र कर्फ्यू जारी

मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा सुदृढ बनाउने उद्देश्यका साथ सुनसरीको दुहबीमा मंगलबार भव्य 'सद्भाव र्‍याली' आयोजना गरिएको छ।

    विभिन्न समुदायका नागरिक, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको उक्त र्‍यालीमार्फत समाजमा एकता, पारस्परिक सम्मान र सहकार्यको भावना कायम राख्न सम्पूर्णमा अपिल गरिएको छ।

    images

    देवानगञ्ज घटनाप्रति गम्भीर ध्यानाकर्षण

    र्‍यालीका सहभागीहरूले हालै सुनसरीको देवानगञ्जमा भएको झडप तथा अप्रिय घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले घटनामा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

    सामाजिक सद्भाव भड्काउने खालका कुनै पनि गतिविधि रोक्नुपर्नेमा जोड दिँदै सहभागीहरूले भने, 'यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्छ। सबै समुदायबीच संवाद, सहिष्णुता र आपसी विश्वासलाई थप मजवुत बनाउनु नै आजको आवश्यकता हो।'

    देवानगञ्जमा कर्फ्यू जारी, सेनाद्वारा गस्ती

    759308963_1387543559977758_1914527569734923362_n-1785216485.jpg
    उता झडपग्रस्त क्षेत्र देवानगञ्जमा भने स्थिति नियन्त्रणमा लिन र थप अशान्ति हुन नदिन सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मंगलबार बिहानैदेखि नेपाली सेनाले उक्त क्षेत्रमा गस्ती जारी राखेको छ भने स्थानीय प्रशासनले लगाएको कफ्यूँलाई मंगलबार पनि निरन्तरता दिइएको छ।

     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार