Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी

सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी

सोमवार, श्रावण ११ २०८३
  • काठमाडैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको घटनाका आरोपितलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरिएको छ।

    रौतहट क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद पौडेलसहित रास्वपाका नेता तथा कार्यकर्ता सोमबार इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दर्ता गराएका हुन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

    images

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारिएको बताए। दोषीको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रिय रूपमा परिचालन भइसकेको उनको भनाइ छ।

    जाहेरी दर्ताका क्रममा उपस्थित रास्वपा नेता रवीन्द्र यादव र दीपक यादवले घटना भएको सात दिन बितिसक्दा पनि संलग्न व्यक्ति पक्राउ नपर्नु चिन्ताजनक भएको बताए। जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा भएको आक्रमणमै प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा सर्वसाधारणको सुरक्षाबारे गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ थियो।

    यसैबीच, रास्वपा रौतहटले घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

    गत बिहीबार राति गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल गरेर फर्किने क्रममा सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार चारदेखि पाँच जनाको समूहमा आएका युवाले पोस्टर र पर्चा छर्दै नाराबाजी गरेका थिए। त्यसक्रममा उनीहरूले सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार गरी फरार भएका थिए।

    घटनापछि जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार