काठमाडौं ।कलङ्कीकी १५ वर्षीय बालिका ईशा सुर्खेती सम्पर्कविहीन भएकी छिन् । उनी गत बुधवार श्रावण ६ गते कलङ्की-१०,स्युचाटारबाट सम्पर्कविहीन भएकी हुन् ।
साथीको जन्मदिन मनाउन भनेर घरबाट हिँडेको तर आजसम्म घर नफर्किएको ईशाका बुबा विशाल सुर्खेतीले बताए । विशालका अनुसार ईशाको अन्तिम लोकेसन मलेखु देखिएको तर खोज्न जाँदा नभेटिएकोले खोजी गरि सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
यदि कसैले देखे अथवा भेटेमा निम्न नम्बर ९७६८४३३८७६/ ९७६५८१६९२७ वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि उनले आग्रह गरे।
ईशा नागार्जुन-१०, स्युचाटारस्थित अमर ज्योती माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिइन ।



