काठमाडौँ । सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाएका हुन् । उनको शरीरमा एक राउन्ड गोली लागेको सुरक्षा अधिकारीहरू बताउँछन्।
झडपमा परेर अरू ९ जना स्थानीय घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले बताए । अन्य ७ जना घाइतेहरूलाई गोली लागेको छैन । दुई जना स्थानीयको अवस्था गम्भीर छ । झडपमा इन्स्पेक्टर राकेश राई सहित १० जना र सशस्त्रका १० जना सुरक्षाकर्मी घाइते भएका छन्।
घाइतेहरूको विराटनगर स्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
घाइतेहरूको सूची :
न्युरोमा उपचार भइरहेकाहरू
१. जयप्रकाश मेहता, २० वर्ष, देवानगञ्ज–३ (पेटमा चोट अवस्था गम्भीर)
२. मिथलेश यादव, २२ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
३. अमलेश मेहता, १८ वर्ष, देवानगञ्ज–३ (बायाँ काधमा चोट)
४. मिथलेश मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
५. अमित कुमार यादव, २० वर्ष (बायाँ हात र कोखामा चोट, विराट नरसिंहमा रिफर)
विराट नर्सिङ होममा उपचार भइरहेकाहरू
१. रवीन्द्र मेहता, २१ वर्ष, देवानगञ्ज–३ (बायाँ तिघ्रामा चोट अवस्था गम्भीर)
२. अमित कुमार यादव, १८ वर्ष, देवानगञ्ज–३ (कम्मरमा चोट)
३. सुनिल कुमार मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ घुँडामा चोट)
४. सुनिल कुमार मेहता, २६ वर्ष (बायाँ हातको कुहिनामा चोट)
प्रहरीतर्फ
१. राकेश राई, इन्स्पेक्टर (टाउकोमा ५ टाँका लगाएको)
२. गणेश नारायण श्रेष्ठ, सई (कुममा चोट)
३. अमरलाल यादव, प्रबह (कुममा चोट)
४. राम बहादुर राई, प्रह (टाउकोमा चोट)
५. विजय यादव, प्रह (टाउको र शरीरमा चोट)
६. नवराज पोखरेल, प्रसह (कुममा चोट)
७. बुद्ध देव साह, प्रह (टाउको र छातीमा चोट)
८. निवेश यादव, प्रज (छातीमा चोट)
९. सशस्त्र तर्फ १० जना घाइतेको नाम नखुलेको।



