Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने

सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न इजलासबाट हुने मुद्दाको आदेश सोही दिन पेसी सूचीमै गएर हेर्न सक्ने व्यवस्था मिलाएको छ।विगतमा सर्वोच्च अदालतले मुद्दाको स्थितिबारे मात्रै जानकारी दिने गरेकोमा सोमबारदेखि आदेशको फाइल सबैले हेर्न सक्ने व्यवस्था मिलाएको छ।

    प्रधान न्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न इजलासबाट हुने आदेशहरू सोही दिन यो प्रणाली विद्युतीय प्रणालीमा प्रविष्ट (अपलोड) गर्ने व्यवस्था गरिएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

    images

    नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने फैसला वा अन्तिमबाहेकका आदेशहरू एकै दिन अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरिनेछ। न्यायिक सेवा प्रवाहमा न्यायका उपभोक्ताको सहज पहुँचका लागि सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्थाको सुरुवात गरेको छ।उक्त व्यवस्थाका कारण मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार