Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्वियाको जंगलमा ९ नेपाली बन्धक : फिरौती रकम नदिए गोली ठोक्ने धम्की

सर्वियाको जंगलमा ९ नेपाली बन्धक : फिरौती रकम नदिए गोली ठोक्ने धम्की

सोमवार, आषाढ २४ २०८१
  • काठमाडौं । फिरौती रकम नपाए सर्बियाको जंगलमा बन्धक बनाइएका ९ जना नेपालीलाई गोली ठोकेर मारिदिने धम्की अपहरणकारीले दिएको छन् । फिरौती रकम वापत प्रतिव्यक्ति तीन लाख रुपैयाँको माग उनीहरुले गरेका छन् । 

    वैदेशिक रोजगारीका लागि सर्बिया पु¥याइ मानव तस्करले उनीहरूलाई बन्धक बनाएका हुन् । ११ जना बन्धकमध्ये बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी भने उनीहरूको पञ्जाबाट फुत्कन सफल भएका छन् । उनीहरूलाई काठमाडौंको एफएस वर्कर एजेन्सी प्रा.लि.का विज्ञान खनाल र झापा मेचीनगर इँटाभट्टाकी सपना राजवंशीमार्फत सर्बिया पठाइएको जानकारी पीडित परिवारले दिएका छन् । 
    वर्कर एजेन्सीका खनालले आमाशुलाई रोमानिया पु¥याइदिने भन्दै महिनौं झुलाएपछि रोमानिया पठाउन समस्या भएको र त्योभन्दा राम्रो तलब र अन्य सुविधा हुने देश पठाइदिने भन्दै सर्बिया पु¥याएर बन्धक बनाएको उनको परिवारले बताएका छन् ।

    images

    सर्बिया पु¥याएपछि उनीहरूलाई इजिप्टमा कामको व्यवस्था भएको भन्दै सर्बियाको जंगलमा लगि बन्धक बनाइ लाखौं फिरौती लिएको उनीहरूको भनाइ छ । रोमानियामा रहेका सपनाका पति नरेश राजवंशी पनि एफएस वर्कर एजेन्सीको समन्वयमा रहेको बताइएको छ । रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म रकम पु¥याउने गरिएको पीडितका परिवारले बताएका छन् ।

    हिन्दी, अरबी र पाकिस्तानी भाषामा कुराकानी गर्नेहरूले फिरौती रकम नदिए बन्धकहरूलाई गोली ठोकेर मार्ने धम्की पिडीतका परिवारलाई दिएको उनीहरुले जनाएका छन् । सर्बिया उडाउने एफएसका सञ्चालक खनालले भने वैधानिकरूपमै सर्बिया पठाएकाले आफू दोषी नरहेको दावी गरेका छन् । तीन वर्षअघि खुला गरिएको सर्बियामा नेपालीहरू रोजगारीको निम्ति पुग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार