Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार

सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ। बैंकले यो अवधिमा खुद नाफा र लाभा‌श क्षमता दुबैमा ३० प्रतिशत भन्दा धेरैको सुधार गरेर विवरण सार्वजनिक गरेको हो।

    बैंकले असार मसान्तसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोतुलनामा करिब ३८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८२/८३ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    images

    यसरी नाफा कमाउनुमा खुद ब्याज आम्दानी, गैरब्याज आम्दानी र निष्क्रिय कर्जा सुधारको मिश्रित अवस्था देखिएको छ।बैंकको खुद ब्याज आम्दानीलाईघ अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ।

    समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो। गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब ८८ करोड छुट्याइएकोमा यो वर्ष १ अर्ब ७ करोड मात्रै छुट्याउनुपर्दा समेत तुलनात्मक रुपमा नाफामा उच्च सुधार देखिएको हो।

    समीक्षा अवधिमा बैंकको लाभांश दिने क्षमतामा पनि राम्रो सुधार गरेको छ । नियमनकारी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ मात्र थियो।

    बैंकसँग हाल १३ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पुँजी छ । यो हिसाबले बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएको छ, यो अपरिस्कृत विवरणमा साउन १५ गतेसम्म संकलित ब्याज गणना हुने भएकोले यो सामर्थ्य थप बढ्नसक्ने देखिन्छ।

    हाल बैंकले ८.२५ प्रतिशत ब्याजको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेको छ । योसहित बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ।

    बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको कुल सम्पत्तिको आकार बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ । गत वर्ष यो ३.०१ प्रतिशत रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १५ पैसा, आधार दर ८.१२ प्रतिशतबाट घटेर ६.१२ प्रतिशतमा झरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार