Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ थियो।

    images

    चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले वृद्धि भएको हो।

    त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदी ३ हजार ७८० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।

    महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार