Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३० वर्षीय ज्योति चौधरीको आत्मदाह प्रकरणमा प्रहरीले ‘घरायसी विवाद’ लाई मुख्य कारण मान्दै सूक्ष्म अनुसन्धान सुरु गरेको छ।

    आत्मदाहपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएका चौधरीको शव सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तको जिम्मा लगाइएको छ।

    images

    गत साउन ९ गते बेलुका साढे ७ बजे आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा साउन १० गते बेलुका मृत्यु भएको थियो । मजदुरीको काम गरेर जीविकोपार्जन गर्दै आएका युवाले किन यस्तो कठोर निर्णय लिए भन्ने विषयले अहिले धनगढीमा चर्चा र चिन्ता बढाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार प्रारम्भिक सोधपुछमा घटनाको मुख्य कारण पारिवारिक कलह देखिएको छ । ‘छिमेकी र आफन्तसँगको प्रारम्भिक बुझाइमा घरायसी विवाद र केही हदसम्म मादक पदार्थ सेवनका कारण उत्पन्न मानसिक तनावले उनलाई यो स्थितिमा पुर्‍याएको बुझिएको छ, तर ठ्याक्कै कुन विषयमा विवाद भएको थियो भन्नेबारे परिवारका सदस्यहरूसँग थप बयान लिने काम भइरहेको छ,’ उनले भने।

    चौधरीले शरीरमा आगो लगाएको देखेपछि आफन्तले तत्कालै उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सोही रात नेपालगन्ज रिफर गरिएको थियो । नेपालगन्जमा पनि अवस्थामा सुधार नआएपछि काठमाडौँ लैजाँदै गर्दा धादिङ आसपास आइपुग्दा उनको निधन भएको थियो।

    प्रहरीले धनगढीमा यस प्रकृतिको आत्मदाहको घटना नौलो भएको बताएको छ । सामान्य मजदुरी गरेर परिवार पाल्दै आएका चौधरीको मृत्युले मजदुर वर्गमा रहेको आर्थिक तथा मानसिक तनाव र घरभित्रको कलह रहेछ भन्ने कुरा देखाएको छ।

    अहिले प्रहरीले चौधरीको परिवार र छिमेकीहरूसँग बयान लिने काम जारी राखेको छ । पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र घटनाको पछाडि अन्य कसैको दुरुत्साहन थियो वा थिएन भन्ने खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार