Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो।

    नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरे । पहिलो चरणमा आपत्कालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढङ्गले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन्।

    images

    २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।

    शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपत्कालीन सुरुङ छ।

    पैदल यात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् । सुरुङ प्रयोग निःशुल्क भने होइन । काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार र भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनिबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ।

    जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो।तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो ।  यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो।यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार