Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेत पठाउने भन्दै भारत लगिएका ६ जना महिलाको उद्धार

कुवेत पठाउने भन्दै भारत लगिएका ६ जना महिलाको उद्धार

आइतवार, आषाढ २३ २०८१
  • कुवेतमा मासिक ४५ हजार रुपैयाँमा काम लगाइदिने प्रलोभनमा परेर भारत पुर्‍याइएका ६ जना महिलाको उद्धार गरिएको छ ।

    कुवेत पठाउने भन्दै उनीहरूलाई भारत लगेर अलपत्र पारेपछि भारतीय सुरक्षा बलको सहयोगमा रूपन्देही प्रशासनले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो।

    images

    जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उद्धार गरी ल्याइएका सबैलाई आफन्त बोलाएर जिम्मा लगाएको जनाएको छ। उद्धार हुनेहरुमा रूपन्देहीको देवदह नगरपालिका- ४ की ३२ वर्षीया महिला, दाङको घोराही उपमहानगरपालिका-३ की ३१ वर्षीया र दाङकै राप्ती गाउँपालिका-४ की ३७ वर्षकी महिलालाई उद्धार गरेको थियो।

    यस्तै, चितवनको खैरहनी नगरपालिका(४ की ३१ वर्षकी महिला, सिन्धुलीको दुधौली नगरपालिका(१२ की २४ वर्षीया र सल्यान कपुरकोट गाउँपालिका-५ घर भएकी २२ वर्षीया महिलालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उद्धार गरिएका महिलाहरूको नाम भने गोप्य राखिएको छ।

    उनीहरूलाई गत असार १८ गते नेपाल-भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम पञ्चायतबाट उद्धार गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार