काठमाडौँ। रौतहटमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा फतुवा विजयपुर–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको डुबेर मृत्यु भएको हो।
शनिवार दिउँसो भएको सो घटनामा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा आज बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएका छ।



