Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बागमती सरकारका प्रवक्ता तामाङलाई प्रश्न : अब मुख्यमन्त्रीको विश्वासको मत कि राजीनामा ?

बागमती सरकारका प्रवक्ता तामाङलाई प्रश्न : अब मुख्यमन्त्रीको विश्वासको मत कि राजीनामा ?

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । बागमती प्रदेशमा सत्ता समीकरणको फेरबदलसँगै मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयले चर्चा चलिरहेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ स्वयम् सरकार निर्माणका लागि आवश्यक बहुमत सिद्ध गरेमा आफूले मार्ग प्रशस्त गर्ने बताउँदै आएका छन्।

    उक्त अवस्थामा बागमती सरकारको नेतृत्व एमालेबाट हुने गरी नेकपाले सत्ता साझेदारीमा नयाँ गठबन्धन बनाएको छ। उक्त अवस्थाका बिच बागमती सरकारका मुख्यमन्त्री बानियाले अब के राजीनामा गर्लान् वा विश्वासको मत लिएर संसद् फेस गर्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

    images

    बागमती सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले तत्काल राजीनामा दिने योजना नरहेको बताए । सरकारबाट अहिले नै राजीनामा दिने अवस्था नरहेको र अन्य दलहरूसँग विश्वासको मतका लागि आवश्यक छलफल भइरहेको उनले बताए।

    प्रदेशमा हालसम्म कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिने विषय नरहेको र सरकारले विश्वासको मत लिन सक्ने समय पनि बाँकी रहेकाले छलफल भइरहेको उनले बताए।

    ‘अहिलेको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीले तत्काल राजीनामा दिने विषय उठेको छैन । हामी विश्वासको मतको विषयमा अन्य दलहरूसँग छलफल गरिरहेका छौँ’ उनले भने, ‘संसदीय प्रक्रिया पनि त्यही हो । हाल कसैको पनि बहुतम नरहेकाले बागमती संसद्को स्थायित्वका लागि सरकारको निरन्तरता नै उत्तम हो।’

    उनका अनुसार सरकारले संवैधानिक प्रक्रिया अनुसार नै अगाडि बढ्ने रणनीति बनाएको छ र अन्य साना दलहरूको समर्थन जुटाउन छलफल गरिरहेको छ।नयाँ सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई बहुमत पुर्‍याउन सकस भइरहेको उनले बताए।मन्त्री तामाङले राप्रपाको भूमिका सबैभन्दा निर्णायक रहेकाले कांग्रेस कै नेतृत्वमा पनि सरकार बन्ने अवस्था रहेको उनले बताए।

    यदि एमाले र नेकपाको गठबन्धनले बहुमत जुटाउन नसकेमा वा राप्रपाले पनि साथ नदिएमा संविधान अनुसार सबैभन्दा ठुलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए । अहिलेको राजनीतिक तरल अवस्थालाई चित्रण गर्दै उनले सरकार गठनको साँचो राप्रपासँगै रहेको र राप्रपाको ग्रिन सिग्नल पछि मात्र बागमती सरकारको आगामी बाटो प्रस्ट हुने बताए।

    ‘नेकपा एमाले बहुमतमा पुग्ने भनिए पनि उनीहरूलाई राप्रपाको साथ अनिवार्य छ । राप्रपाले कुन पक्षलाई सहयोग गर्छ, त्यसैले सरकारको भविष्य तय गर्छ।’

    उनले भने, ‘नयाँ गठबन्धनको बहुमत पुग्न नसकेको खण्डमा ठुलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ।  त्यो बेला दोस्रो चरणको सरकारले बहुमत सिद्ध गर्न अन्य दलहरूको पनि सहयोग पाउने हाम्रो विश्वास छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार