Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

दुल्लभ विद्यालय प्रकरण छताछुल्ल : पितृको सम्झनामा स्थापना गरिएको अक्षय कोषको रकम गायब

दुल्लभ विद्यालय प्रकरण छताछुल्ल : पितृको सम्झनामा स्थापना गरिएको अक्षय कोषको रकम गायब

अख्तियारसहित २९ निकायमा उजुरी

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–१, ध्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयमा स्थापना गरिएको पितृको सम्झनामा रहेको अक्षय कोषको रकम विद्यालयको खाताबाट एकाएक गायब भएको आरोप सार्वजनिक भएपछि विद्यालय प्रकरण थप पेचिलो बनेको छ।

    घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित २९ वटा सम्बन्धित निकायमा उजुरी दर्ता गरिएको जनाइएको छ। आर्थिक पारदर्शिता, विद्यालयको वित्तीय व्यवस्थापन तथा जिम्मेवार पक्षको भूमिकामाथि छानबिन गर्न माग गरिएको छ।

    images

    यता, विवाद चुलिँदै गएपछि विद्यालयका प्रधानाध्यापक सिता अधिकारीले गृहमन्त्रीसमक्ष समेत विषय उठाएको स्रोतले जनाएको छ। यस घटनापछि विद्यालयको आर्थिक कारोबार, अक्षय कोषको सञ्चालन तथा जिम्मेवारीबारे विभिन्न पक्षबाट प्रश्न उठिरहेका छन्।

    यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासी तथा सरोकारवालाले गरेका छन्। आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा र अनुसन्धानको निष्कर्ष आउन बाँकी रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार