Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुँदै

सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुँदै

आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग आज वार्ता हुने बताएका छन् ।

    शनिबार धनगढी पुगेका पौडेलले नै डा केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए । त्यस क्रममा डा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिएका थिए ।

    images

    सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो ।

    वार्तामा सहभागी हुन् प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

    डा. केसी गत बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।

     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार